Home  
Janahit Voice

सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

१९ आश्विन २०८०, शुक्रबार

काठमाडौँ- नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँकाे रत्नपार्क मोडमा एक स्कुटर चालकको मृत्यु भएको छ ।

बिहीबार राति साढे ७ बजे काठमाडौं‌ महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ७.५ टन ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्मा रहेको प्रहरीले जनाएको छ ।

ठक्करपछि घाइते भएकी उनको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न प्र.३०१–००१ ग ३७०५ नम्बरको ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको पोखरेलको भनाई छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *