Home  
Janahit Voice

नुवाकोटमा दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ

१९ आश्विन २०८०, शुक्रबार

नुवाकोट- मेघाङ गाउँपालिका-२ बुङताङबाट भरूवा बन्दुक २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङ रहेका छन् ।

सोही ठाउँस्थित भाडा बनाउने आरनमा भरूवा बन्दुक मर्मत गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बन्दुक मर्मत गर्न ल्याउने दुवै जनालाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *