Home  
Janahit Voice

सल्यानमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु,१७ जना घाइते

२१ आश्विन २०८०, आईतवार

दाङ- दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका –३ मूलपानी नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका– ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका– ६ की ४० वर्षीया अनिता बोहरा रहेका छन।

घाइते १७ जनालाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ।

गम्भीर घाइते हुनेमा सल्यानको शारदा नगरपालिका – १० मदानेका २५ वर्षीय गाडीधनी मेघराज कुँवर र सोही जिल्लाको छत्रेश्वरी गाउँपालिका– १ मूलखोलाका ६० वर्षीय कमानसिंह बिक छन्।

त्यस्तै दुई जना डिस्चार्ज भइसकेका छन्। बाँकी १३ जनाको तुलसीपुरमै उपचार भइरहेको छ। सल्यान प्रहरीका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *