Home  
Janahit Voice

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान

२१ आश्विन २०८०, आईतवार

बिराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ६ दिनको समय दिएका छन् ।

शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। यस्तो दाबी २६ असोज (शुक्रबार) अपराह्न ५ बजेभित्र पेश गरिसक्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन्। उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *