Home  
Janahit Voice

रसुवामा ट्रक दुर्घटना हुदाँ ३ जनाको मृत्यु, ५ घाइते

२३ आश्विन २०८०, मंगलवार

रसुवा- आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका छन।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइतेहरुलाई एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *