Home  
Janahit Voice

नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाँदै

२४ आश्विन २०८०, बुधबार

काठमाडौँ- सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ ।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे इजरायल जान लागेको हो ।

दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको हो ।

सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ।

घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्।

गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *