Home  
Janahit Voice

दुइ महिनामा काठमाडौं महानगरले संकलन गर्‍यो एक अर्ब १७ करोड राजस्व

२५ आश्विन २०८०, बिहीबार

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा काठमाडौँ महानगर पालिकाले रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ। महानगरपालिकाले गत आवको सोही अवधिमा ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो।

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुखले जानकारी दिए। गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ।

चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुखले बताएका छन। त्यसैगरी सम्पत्ति करबाट २५ करोड असुल भएको छ। पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको कामपा प्रमुखको भनाइ छ।

गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करतादा बढेका छन्। बहाल करतर्फ पनि करदाता उल्लेख्यरुपमा बढेका छन्। पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन्। अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *