Home  
Janahit Voice

प्रहरीले गोकर्णेश्वरमा चलायो गोली,एक जना घाइते

२५ आश्विन २०८०, बिहीबार

काठमाडौं- प्रहरीले काठमाडौंमा गोली चलाएर लुटेरा समूहलाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । लुटेरा समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो । प्रहरीले लुटेरा समूहमाथि दुई राउण्ड गोली प्रहार गरेको हो।

तीन वटा मोटरसाइकल चढेर लुटेरा समूह आएका थिए। प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।

प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा प्रहरीको नियन्त्रणमै छन्। उनीहरूबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ। उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन।

घटनामा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *