Home  
२६ आश्विन २०८०, शुक्रबार
चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु
चितवन- जनावरलाई छेक्न जडान गरिएको सौर्य उर्जाको करेन्ट लागेर चितवन माडीमा एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ साढे ६ बजे करेन्ट लागि माडी नगरपालिका ९ कृष्णनगरका २८ वर्षीय विकल्प सुवेदिको मृत्यु भएको हो ।
आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि लगाएको सोलारबाट जडान गरिएको एल्मोनियम तारबाट करेन्ट लागेको चितवन प्रहरीले बताएको छ ।
करेन्ट लागेपछि अचेत भएको र उपचारको लागि लगिएको बघौडा अस्पताल लगिएको थियो। सोही अस्पतालमा नै उनको मृत्यु भएको हो ।