Home  
Janahit Voice

शुक्रबार पनि सुनको मूल्य उकालो लाग्यो, कतिमा हुँदैछ किनबेच?

२६ आश्विन २०८०, शुक्रबार

काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन बिहीबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *