Home  
Janahit Voice

सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

२७ आश्विन २०८०, शनिबार

काठमाडौँ – मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारीका अनुसार रुम्झाटारबाट लोबुचे यात्रु लिन जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर ७:२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको हो।
हेलिकप्टरमा अन्य यात्रु नभएकोले मानवीय क्षति भएको छैन चालक क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते भएका छन् ।

उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याएर उपचार भईरहेको छ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन। मौसम ठिकै थियो। तर के कारण दुर्घटना भयो भन्ने बारे थप अनुसन्धान भईरहेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *