Home  
Janahit Voice

राष्ट्र बैंकले आजबाट दिन थाल्यो नयाँ नोट

२९ आश्विन २०८०, सोमबार

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट दिन थालेको छ। दसैं सुरू भएसँगै राष्ट्र बैंकले सोमबारदेखि केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट दिन थालेको हो।

यसअघि विकास बैंक र फाइनान्स कम्पनीबाट पनि नोट सटही हुने गरेको थियो। त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुने गर्थ्यो । यो वर्ष भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ।

नयाँ नोट लिनका लागि सर्वसाधारण लाइन लागेका छन्।यसपालि दसैंका लागि मात्रै १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बनाएको छ।

राष्ट्र बैंकले एक जनालाई १८ हजार पाँच सय रुपैयाँसम्म साँट्न पाउने सुविधा दिएको छ।
सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउने छन्।

विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।

यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ। हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *