Home  
Janahit Voice

आजदेखि एनआरएनएको एघारौँ महाधिवेशन, राष्ट्रपतिले उद्घाटन गर्ने

३० आश्विन २०८०, मंगलवार

काठमाडौं- आजबाट गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेसन सुरु हुँदै छ । उक्त कार्यक्रम रहेको महाधिवेसन कात्तिक ३ गतेसम्म सम्म काठमाडौंमा चल्नेछ ।

सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट समापन हुने सङ्घले जनाएको छ ।

महाधिवेसनले आगामी दुई वर्षका लागि अध्यक्षसहित एनआरएनएका पदाधिकारीहरु चयन गर्नेछ । अक्टोबर १९ अर्थात् कार्तिक २ गते महाधिवेसनमा मतदान हुने निर्वाचन कार्यतालिका छ ।

त्यसअघि विभिन्न विषयहरुमा छलफल एवं गोष्ठी हुनेछन् । यसपटक एनआरएनको अध्यक्षमा रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार (आरके) शर्माको उमेदवारी रहेको छ ।

एनआरएनएको निर्वाचन समिति कार्यालयका अनुसार ६ जना उपाध्यक्ष पदका लागि १८ जनाको उमेदवारी रहेको छ । एक महिला उपाध्यक्षमा दुईजनाको उमेदवारी परेको छ । एक युवा उपाध्यक्षका लागि पनि दुई उमेदवार छन् । एनआरएनएका यो महाधिवेसनमा अन्य पदहरुमा पनि बलियो प्रतिस्पर्धा रहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *