Home  
Janahit Voice

बाँकेमा स्कुल बस पल्टिँदा एक विद्यार्थीको मृत्यु

३० आश्विन २०८०, मंगलवार

बाँके- बाँकेको खजुरा गाउँपालिकामा एक स्कुल बस पल्टिँदा एक विद्यार्थीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन।

मृत्यु हुनेमा खजुरा गाउँपालिका–६ का १२ वर्षीय ऐसव नेपाली रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ।

खजुरा गाउँपालिका नजिकै रहेको दीपक बोर्डिङ स्कुलको बस दुर्घटना भएको हो।

प्रहरीका अनुसार सोमबार साँझ विद्यायलबाट घर पुर्‍याउने क्रममा खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको ना ४ ख ६५१ नम्बरको बसको स्टेरिङ फेल भएर पुलबाट पल्टिएको थियो।

उक्त बसमा करिब ४० जना विद्यार्थी सवार थिए। तीमध्ये ३० जना सामान्य घाइते भएका छन्। घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचार गराई घर फर्काइएको छ।

एक गम्भीर घाइतेलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *