Home  
Janahit Voice

आज कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

१ कार्तिक २०८०, बुधबार

विराटनगर- संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

गत शनिबार एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका कार्कीले नियुक्त भएको पाँचौं दिनमै विश्वासको मत लिन लागेका हुन्।

अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ । उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् ।

कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई दबाबमा राख्नका लागि गठबन्धनका दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिन लागेका हुन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *