Home  
Janahit Voice

काभ्रेमा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

१ कार्तिक २०८०, बुधबार

काभ्रे- काभ्रेको पनौतीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक १६ वर्षीय इरोज ताम्राकार रहेका छन।

मंगलबार साँझ पनौती नगरपालिका-१० स्थित दाहालटारमा रोकिराखेको बा७च ६२७७ नम्बरको बोलेरोमा बा६५प ७१३९ नम्बरको स्कुटर अनियन्त्रित भई ठोक्किँदा उनि गम्भिर घाइते भएका थिए।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। स्कुटरमा पछाडी सवार पनौती-७ बस्ने ठाडोबाटोका सुबोध श्रेष्ठ सामान्य घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *