Home  
Janahit Voice

गाजाको अस्पतालमा रकेट विस्फोट हुँदा ५०० जनाको मृत्यु

१ कार्तिक २०८०, बुधबार

काठमाडौं- गाजाको एउटा अस्पतालमा इजरायली हवाई आक्रमणमा करिब ५०० जनाको मृत्यु भएको दाबी गरेको छ ।

मंगलबार राति गाजा सिटीमा अवस्थित उक्त अस्पतालमा विस्फोट हुँदा त्यहाँ उपचाररत र आश्रय लिएर बसेका सयौं नागरिकहरूको मृत्यु भएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ।

इजरायल र हमास दुबैले विस्फोटको दोष एकअर्कामाथि लगाएका छन्। हमासले इजरायलमाथि युद्ध नियमविपरित अस्पतालमा हवाइ आक्रमण गरेको आरोप लगाएको छ।

इजरायलले भने हमासकै रकेट प्रहार असफल हुँदा अस्पतालमा विस्फोट भएको बताएको छ। विस्फोटका कारण अस्पताल खण्डहरमा परिणत भएको छ। अस्पताल विस्फोटलाई इजरायल-हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ।

इजरायलले गाजा क्षेत्रमा हवाइ हमला थालेपछि अस्पतालमा हजारौं नागरिकहरू आश्रय लिएर बसेका कारण मृतकको संख्या धेरै हुनसक्ने आकलन गरिएको छ।

बुधबार बिहानसम्म भग्नावशेषबाट शवहरू निकाल्ने क्रम जारी रहेको रोयटर्सले उल्लेख गरेको छ।

घटनाको विभिन्न मुलुकहरूले निन्दासमेत गरेका छन्। प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले पनि उक्त घटनाबारे कडा शब्दमा निन्दा गर्दै इजरायलले सबै हद पार गरेको बताएका छन्।

अस्पतालमा आक्रमण हुनुपूर्व नै गाजामा तीन हजार मानिसहरूको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ।

इजरायलमा पनि कम्तिमा १ हजार ३ सय मानिसहरूको मृत्यु भएको बताइएको छ भने हमासले इजरायलबाट २०० जनालाई बन्धक बनाएर गाजामा राखेको रोयटर्सले उल्लेख गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *