Home  
Janahit Voice

बझाङमा बुधबार राति पुनः भूकम्पको धक्का

२ कार्तिक २०८०, बिहीबार

काठमाडौं- बझाङमा पुनः भूकम्प गएको छ। गएराति १०ः०३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो। २१ जना घाइते बनेका थिए।

यस्तै ६ हजार ४ सय ८४ घरमा आंशिक क्षति पुगेको थियो। ३ हजार ५ सय २४ घरमा समान्य क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारीले बताएका छन।

उनका अनुसार १ सय २३ सरकारी कार्यालयमा पूर्ण क्षति भएको छ। १ सय ५२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ। जलविद्युत आयोजना लगायतका अन्य ५० वटा अन्य संरचनामा क्षति पुगेको छ। असोज १६ यता पटकपटक पराकम्प आइरहेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *