Home  
Janahit Voice

दशैँ सकिए लगत्तै भारतीले शुरु गरिन् अनसन

१२ कार्तिक २०८०, आईतवार

काठमाण्डु – दशैँ सकिएसँगै भारती मानन्धरले पुनः रिले अनसन शुरु गरेकी छन् ।

श्रीमान् चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले पुन: आइतबारबाट माइतीघरमा अनसन शुरु गरेकी हुन् ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि तीव्र विरोध भएको थियो । भने चेतन पत्नी भारतीले राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन् । जसको पेशी कार्तिक १४ गतेलाई तोएिको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *