Home  
Janahit Voice

बारामा अज्ञात समूहद्वारा प्रधानाध्यापकमाथि गोली प्रहार

१३ कार्तिक २०८०, सोमबार

काठमाडौं- बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ।

प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले टाउको र छातीमा गोली हानेको प्रहरीले जनाएको छ।

बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा सोमबार दिउँसो करिब सवा १ बजेतिर स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ। बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ।

गोली लागेर घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको छ। गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *