Home  
Janahit Voice

कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड मेसीलाई

१४ कार्तिक २०८०, मंगलवार

अर्जेन्टिनी तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले आठौं पटक ‘बालोन डि ओर अवार्ड’ जितेका छन्।

सोमबार राति पेरिसमा भएको अवार्ड समारोहमा ३६ वर्षीय मेस्सीले बालोन डि ओर जितेका हुन्। मेस्सीले पछिल्लो पटक कतारमा भएको विश्वकपको उपाधि जितेका थिए।

मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा गरि सात पटक बालोन डि ओर जिती सकेका थिए।

मेस्सीले म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी ओर अवार्ड जितेका हुन्।

यो प्रतिस्पर्धामा फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पे तेस्रो भए। विश्वकपको फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–२ ले पराजित हुँदा एमबाप्पेले ह्याट्रिक गरेका थिए।

विश्वका १०० पत्रकारहरुले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डे’ओर अवार्ड प्रदान गरिन्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *