Home  
Janahit Voice

असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब

१५ कार्तिक २०८०, बुधबार

भन्सार विभागको तथ्यांक अनुसार असोजमा मात्रै एक खर्ब ४१ अर्बको सामान भित्रिएको छ । आयात व्यापार बढ्दा व्यापार घाटा बढेको छ। असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब पुगेको छ। यो गत वर्ष असोज मसान्तको तुलनामा २.१५ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोडको विदेशी सामान भित्रिएको छ। गत आर्थिक वर्षदेखि नै आयात निरन्तर घटेकोमा असोजमा १.६९ प्रतिशतले वृद्धि भएको हो।

गत आर्थिक वर्षको असोज मसान्तसम्म ४ खर्ब ९९ करोड बराबरको सामान आयात भएको थियो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पनि गत वर्षको सोही अवधिकोभन्दा कम आयात भएकोमा असोजमा बढेको हो। यो अवधिमा निर्यात व्यापार भने घटेको छ। तीन महिनाको अवधिमा ४० अर्ब ८७ करोडको निर्यात भएको छ। गर्त वर्ष यही अवधिमा ४१ अर्ब ८२ करोडको सामान निर्यात भएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *