Home  
Janahit Voice

नेपाल आयल निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य

१५ कार्तिक २०८०, बुधबार

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

नेपाल आयल निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको हो।घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु निगमले जनाएको छ।

त्यस्तै पेट्रोल लिटरमा एक रूपैयाँ ५१ पैसा र एलपी ग्यास सिलिन्डरमा ९३ रूपैयाँ ६० पैसाले वृद्धि भएर आएको छ। तर पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

मूल्य वृद्धि भएर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम पेट्रोल र ग्यासको भाउ नबढाइएको निगमले जनाएको छ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *