Home  
Janahit Voice

बढ्दो डेंगु सङ्क्रमण

१५ कार्तिक २०८०, बुधबार

राजधानीको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा डेंगु सङ्क्रमित उपचारका लागि आउने क्रम बढेको अस्पतालहरूले बताएका छन् । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि डेंगु सङ्क्रमण बढेको पुष्टि छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४२ हजार ४११ पुगेको छ ।

पछिल्ला वर्ष जलवायु परिर्वतनसँगै डेंगु सार्ने लामखुट्टेले पनि वातावरण अनुकुल आफूलाई परिवर्तन गर्दै गएकाले हिमाल, पहाड अनि चिसो मौसममा पनि सक्रिय भएको विशेषज्ञहरु बताउछन । डेंगु सार्ने लामखुट्टे १० देखि २५ डिग्री सेल्सियससम्म बाँच्न सक्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा तापक्रम बढेसँगै लामखुट्टेका लागि प्रजनन् गर्ने वातावरण बन्दै गएको छ । लामखुट्टे अति सानो प्राणी भए पनि धेरै चलाख हुन्छ । एडिस जातको लामखुट्टेले आफू बाँच्नका लागि हरप्रकारका तरिका अपनाउने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

मलेरियालाई कम गर्ने क्रममा विगतमा विभिन्न प्रकारका औषधि छर्किंदा चुरे तलका साइड, कोशी टापुजस्ता क्षेत्रमा गएर लामखुट्टेले आफूलाई बचाउन सफल भएको अध्ययनमा संलग्न विज्ञहरूले बताएको उनले सुनाए ।

ल्यानसेट जर्नलमा २०७६ सालमा ‘द डेंगी इपिडेमिक एन्ड क्लाइमेट चेन्ज इन नेपाल’ शीर्षकमा प्रकाशित अध्ययनमा वर्षासँगै बढ्दो तापक्रम, आद्रताका कारण डेंगु सार्ने लामखुट्टेका लागि वातावरण अनुकुल हुँदै गएको देखाएको छ ।

१० डिग्री सेल्सियसभन्दा तल डेंगु सार्ने लामखुट्टे बाँच्ने सम्भावना हुँदैन । अर्थात् चिसो मौसम सुरु भए पनि यस समय डेंगु सार्ने लामखुट्टेका लागि उपयुक्त भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन बताउँछन् ।

कात्तिक, मंसिर महिना पनि डेंगु सार्ने लामखुट्टेलाई उपयुक्त समय बनेकाले डेंगु सङ्क्रमित भइरहेको उनले बताए । तर सङ्क्रमित बिरामी विगतमा जस्तो सिकिस्त भइ नआएको उनी सुनाउँछन् ।

ईडीसीडीका अनुसार डेंगु सङ्क्रमण गराउने भाइरसका डेन १, डेन २, डेन३ र डेन ४ हो । हाल सङ्क्रमण देखिएका व्यक्तिमा कुन भाइरसको सङ्क्रमण भएको भन्ने अध्ययन भएको छैन । नेपालमा विगतमा डेन २ र डेन ३ प्रजातिको डेंगु सङ्क्रमण पाइएको छ । यस्तै, एक प्रकारको प्रजातिको डेंगु सङ्क्रमण भइसकेको मानिसलाई पुनः अर्को पटक अर्को प्रजातिले सङ्क्रमण गर्न सक्ने र स्वास्थ्यवस्था गम्भीर हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

पाँच हप्तासम्म लामखुट्टेको आयु हुन्छ । त्यसैले वयस्क लामखुट्टे पाँच हप्ताभन्दा बढी बाँच्न सक्दैन । चिसो बढ्दै गएपछि क्रमशः अब नयाँ लामखुट्टे नबन्ने र सङ्क्रमण दर कम हुने पूर्व निर्देशक डा.मरासिनी बताउँछन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *