Home  
Janahit Voice

राष्ट्रिय सभाबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मत पारित

१५ कार्तिक २०८०, बुधबार

काठमाडौँ- “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।

मंगलबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले विधेयक पारितका लागि सभामा प्रस्तुत गरेका थिए । सरकारका तर्फबाट नभई राष्ट्रिय सभाका सदस्यहरू मिलेर गत वर्ष चैत ५ गते यो विधेयक दर्ता गराएका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

यो राष्ट्रिय सभामा रहेका सबै दलका सांसदहरुले संयुक्त रुपमा दर्ता गरेको गैरसरकारी विधेयक हो ।

राष्ट्रिय सभाबाट पारित विधेयक अब प्रतिनिधि सभामा जानेछ । प्रतिनिधिसभा नियमावली र संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावलीका अनुसार प्रतिनिधि सभाका कुनै सदस्यले यो विधेयकलाई अगाडि बढाउनुपर्ने हुन्छ ।

प्रतिनिधि सभाले पनि स्वीकार गरेर अगाडि बढाएको खण्डमा यसले कानुनको रुप लिन्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *