Home  
Janahit Voice

गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविरमा खटिएका असई ढुंगानाको लेक लागेर मृत्यु

१५ कार्तिक २०८०, बुधबार

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक असई टिकाराम ढुंगानाको मृत्यु भएको छ ।

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्पमा खटिएका ढुंगानाको लेक लागेर मृत्यु भएको बताइएको छ । उनी १२ कार्तिकमा बेसक्याम्पमा गएका थिए ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगानाले आर्मी र प्रहरीको टोली लिएर एविसी गएका थिए । गुटेरेसको भ्रमण सकिएपछि असई ढुंगाना सहितको सुरक्षा टोली मंगलबार पैदल हिँडेर पोखरा फर्किंदै थिए । फर्किनेक्रममा रहेका उनी मं‌गलबार अन्नपूर्ण गाउँपालिका-११ स्थित एक होटलमा बास बसेका थिए।

बास बस्नेक्रममा उनको लेक लागेर स्वासप्रस्वासमा समस्या आएको खबर पाएपछि बुधबार बिहान हेलिकप्टरबाट उनलाई पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन् ।

मृतक ढुंगाना पर्वतको मोदी गाउँपालिका–६ का स्थानीय हुन् । उनी ४२ वर्षका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *