Home  
Janahit Voice

काठमाण्डौँको बौद्धमा तेमाल जात्रा हेर्ने दर्शकको भिँड

२२ चैत्र २०७९, बुधबार

 

प्रतेक वर्ष चैत शुक्ल चतुर्दशीका दिन लाग्ने तेमाल जात्रा हेर्न काठमाण्डौँको बौद्धमा दर्शकको भीँड लागेको छ। तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरु द्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्दछन।

तेमाल क्षेत्रका तामाङ समुदायले प्राचिन कालमा यो जात्रा मनाउने गरेकाले यो जात्रालाइ तेमाल जात्रा नामकरण दिइएको हो। हाल भने यो जात्रा देशभरका बौद्ध धर्मालम्बीले मनाउने गरेका छन।

दर्शनार्थीले पूर्णिमाका दिन दिवङ्गत पितृका नाममा बत्ती बालेर ॒विहान बालाजु बाइसधारामा स्नान गर्दछन। स्नान पछि स्वयम्भू चैत्यमा पुगेर पूजापाठ गरेपछि जात्रा समाप्त हुने गर्दछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *