Home  
Janahit Voice

काठमाडौंको गोठाटारमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

१५ कार्तिक २०८०, बुधबार

काठमाण्डौं- लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बुधबार दिउँसो गोली प्रहार गर्नुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीको गोली लागेर भारतीय नागरिक मोहम्मद करिम घाइते भएका छन्। प्रहरीले एक राउण्ड गोली चलाएको हो। लागुऔषध कारोबारीले प्रहरीलाई गोली ताकेपछि आत्मसुरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले बताएको छ।

उनिसगै झापाको कचनकबल गाउँपालिका वडा नम्बर ८ घर भएका ३७ वर्षीय हर्क लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।
साथै उनीहरूको साथबाट पेस्तोल, तीन राउण्ड गोली र तराजु पनि बरामद भएको उनले बताए।

दाहिने खुट्टामा गोली लागेका घाइते करिमको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।

साथै उनीहरूको साथबाट पेस्तोल, तीन राउण्ड गोली र तराजु पनि बरामद भएको उनले बताए। दाहिने खुट्टामा गोली लागेका घाइते करिमको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *