Home  
Janahit Voice

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी ,संसद अधिवेशन अन्त्य हुँदै

१६ कार्तिक २०८०, बिहीबार

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

बैठकबाट संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।

यसअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा आजदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

आज प्रतिनिधिसभामा सबै दलका प्रमुखहरुले सम्बोधन गर्ने, सांसदहरू शून्य समयमा बोल्ने र केही आयोगका प्रतिवेदन पेस हुने कार्यक्रम रहेको छ।

संसद बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *