Home  
Janahit Voice

भारतले दियो भूकम्प पिडीतलाइ १० करोड भारतीय रूपैयाँ बराबरको राहत सामग्री

२० कार्तिक २०८०, सोमबार

काठमाडौँ- कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि भारतले १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ।

आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको बताइएको छ।

आइतबार नै भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरे।

आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *