Home  
Janahit Voice

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु

२१ कार्तिक २०८०, मंगलवार

काठमाण्डौं-गए राति बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी  मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो। दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *