Home  
Janahit Voice

राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्धा आज अन्तिम सुनुवाइ

२२ चैत्र २०७९, बुधबार

 

सन्दीप लामिछाने बिरुद्धको बलत्कार मुद्धामा आज अन्तिम सुनुवाइ हुदैछ। राष्ट्रिय क्रिकेट टॊलिका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला काठमाण्डौँमा आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ।

उनलाइ पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी गरेपछि उनकै कानुन व्यवसायीको अनुरोधमा पेसी स्थगित गरिएको थियो। राति गत ५ भदौमा सिनामंगलस्थित एक होटेलमा लगेर बलत्कार गरेको आरोपमा लामिछानेविरुद्ध एक किशोरीले जाहेरी दिएपछि सोही जाहेरीका अनुसार पक्राउ परेका लामिछाने रिहा भएपछि पछिल्लो समयमा भने किशोरीको जाहेरी विवादास्पद हुँदै गएको छ।

मुख्यत: उनी नाबालिका हो कि होइन भन्ने विषयमा अहिले चर्चा परिचर्चा हुन थालेको छ। यस अघि कडा सर्त राखेर उच्च अदालतले लामिछानेलाइ २० लाख धरौटीमा रिहा गरेको थियो भने सर्वच्च अदालतले लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्धा फास्ट ट्रयाकवाट टुङग्याउन आदेश दिए पछि जिल्ला अदालतले आज पेशी तोकेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *