Home  
Janahit Voice

बाजुरामा आज पनि भूकम्पको धक्का

२१ कार्तिक २०८०, मंगलवार

काठमाडौं- बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टरस्केलको भूकम्पपछि लगातार परकम्प गइरहेका छन्।

गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ ।

यता, गएको शुक्रबार मध्यरातिदेखि हालसम्म जाजरकोटमा कुल ४४४ परकम्प मापन गरिएको छ । शुक्रबार ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

त्यसयता मंगलबार बिहान साढे ११ बजेसम्म जाजरकोटमा ४४४ परकम्प मापन भइसकेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *