Home  
Janahit Voice

अवैध लागुऔषधसहित छ जना पक्राउ

२२ कार्तिक २०८०, बुधबार

काठमाडौं- अवैध लागुऔषध खैरो हेरोइन २४४ ग्राम, नाइट्रोभेट ११२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४१५ क्याप्सुलसहित ६ जनालाई नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका–३ बस्ने ३८ वर्षीय गङ्गालाल बिक, काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका–१४ बस्ने ३७ वर्षीय झरेन्द्रबहादुर ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २७ वर्षीय सन्दिप इटानी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूमध्ये सपना रायमाझी र गङ्गालाल बिकलाई अवैध लागुऔषध खैरो हेरोइन ८१ ग्राम ५०० मिलिग्रामसहित काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट कात्तिक १५ गते, दीपक श्रेष्ठ र दीपेश डङ्गोल महर्जनलाई लागुऔषध खैरो हेरोइन एक ग्राम ८०० मिलिग्राम, ट्रामाडोल १७ हजार ४१५ क्याप्सुल र नाइट्रोभेट ११२ ट्याब्लेटसहित काठमाडौं चावहिलबाट कात्तिक १६ गते पक्राउ गरिएको हो ।

यस्तै, झरेन्द्रबहादुर ठकुरी र सन्दिप इटानीलाई लागुऔषध खैरो हेरोइन १६० ग्राम ६०० मिलिग्रामसहित काठमाडौं तारकेश्वर नगरपालिका–४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *