Home  
Janahit Voice

हेटौंडाबाट विभिन्न परिमाणको पटका र अवैध चिनी बरामद

२३ कार्तिक २०८०, बिहीबार

हेटौंडा – हेटौंडाबाट विभिन्न परिमाणको पटका र चिनी बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपल चौतारामा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.४९ प १२८० नम्बरको मोटरसाइकलबाट पटका बरामद गरेको हो।

मकवानपुर प्रहरीले चिनीको बोराभित्र लुकाएर ल्याएको नागिन पटका ८ हजार ४ सय पिस, चक्करी पटका एक प्याकेट, बुलेट बम पटका २ प्याकेट र फ्लावरकोन पटका एक प्याकेट नियन्त्रणमा लिइएको जानकारी दिएकोछ।

यस्तै, प्रहरीले पटका लुकाएर ल्याइएको चिनी अन्दाजी ५० केजीसमेत बरामद गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *