Home  
Janahit Voice

रेशम चौधरीको आममाफी विरुद्धको पेसी स्थगित

२३ कार्तिक २०८०, बिहीबार

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको रिटकाे सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीश अभावका कारण सर्वोच्च अदालत प्रशासनले नियमित दैनिक पेसी सूची प्रकाशित गर्दा चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित मुद्दाको सूचीमा राखेको हो । यो रिटमाथि पटक पटक सुनुवाइ स्थगन हुँदै आएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा बाँकी सजाय माफी मिनाहा गरेपछि चौधरी गत जेठ १५ गते छुटेका थिए। राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *