Home  
Janahit Voice

मुगु सामूहिक हत्या प्रकरण : संलग्नलाई आज सार्वजनिक गरिँदै

२४ कार्तिक २०८०, शुक्रबार

काठमाण्डौं- मुगुमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ।

सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्नलाई बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

उनी मृतकका नातेदार समेत हुन्। मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको बताएका छन।

घटनामा गोरखबहादुरसँगै अन्य एकजना पनि संलग्न रहेको प्रहरीको अनुमान छ। यी सबै विषय दिउँसो २ बजेपछि हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताइएको छ।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए।

घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *