Home  
Janahit Voice

सम्मान सदभाव र प्रोत्साहन – जनक खकुरेल

२४ कार्तिक २०८०, शुक्रबार

जनक खकुरेल लामो समयदेखि चलचित्र निर्देशनमा सक्रिय व्यक्ती हुन। अहिले सम्म जनक खकुरेलले गरेका कामहरु निम्न छन:
“द मार्सल आर्ट” संघर्ष, लुट, जिन्दगी, सम्झिदिय पुग्छ, खुड्किलो, राम जाने, त्यो प्रेमी, द पोन्ड, डाइभर कान्छा (आउदै)।

उहाँ संग जनहित भ्वाइसका स्थानिय सम्बाददाताले गरेका कुरा कानी|

नेपाली चलचित्रको विगत र वर्तमान विभिन्न अवस्थाका वारेमा बताइदिनुस।

हिजोको दिनमा स्रोत र साधन सिमित थिए। चलचित्र क्षेत्रमा आवद्द मान्छेहरु पनि न्युन थिए। जो जति थिए अनुभवले सजिएका थिए । प्रविधि उपकरणहरु प्रचुर मात्रामा थिएनन। बजार सिमित थियो। नेगेटिभमा हुन्थयो काम कलाकार प्रविधिहरु अनुशासित हुन्थे। एक अर्कालाइ सम्मान, सदभाव, र प्रोत्साहन गर्थे। अहिले चलचित्र डिजिटल युगमा पुगिसस्क्यो। यति हुदा हुदै पनि मान्छेहरु चलचित्र देखासिखीमा बनाइरहेका छन। फरक केहि भो भन्दा पनि अन्यले वर्षौ लगाएर अध्यन गरी वनाएका चालचित्रहरुलाइ नै पक्ष्याउदै उस्तै प्रकारका चलचित्र बनाउने लहड जस्तो पनि चलिरहेको छ। कडा परिश्रम बेगर जे (कपि पेस्ट) छ तेहि ट्रेन पछ्याउने भनौ न।

अहिले चलचित्र क्षेत्रमा धेरै मानिसहरुको आबद्दता छ। तर एक आपसमा सम्मान, सदभाव र प्रोत्साहनको कमी भएको छ। विश्व बजार परिवेशमा नेपाली चलचित्र पहुँच कस्तो छ?

हिजोको दिनमा नेपाली चलचित्रको पहुच विश्ववजारमा थिएन। अहिले आधुनिक प्रविधिको कारण एवं विदेशहरुमा नेपालीहरुको बाक्लो उपस्थितिले नेपाली चलचित्रहरु विश्वभर प्रदर्शन हुन लागेका छन। व्यापार पनि सगै गरीरहेका छन। तर दर्शक एवं हलमालिकहरु मार्ने नियतले शो हुने र विदेसमा रहेका नेपालीहरुले नै नेपालमा निर्मित चलचित्र हेर्ने वाताबरण अझै बनिसकेको छैन।

नेपाली चलचित्र क्षेत्र उद्योगको रुपमा कीन विकशित हुन सकेको छैन?

यसको एउटा कारक तत्व राजनिती पनि हो। सम्वन्धित ठाउमा विज्ञहरुको नियुक्ती नगरीकन आफ्ना कार्यकर्ता भर्ती गर्न तछाड्मछाड गर्ने र चलचित्र क्षेत्रमा विकास र हितको लागी कुनै गुरुयोजना निर्माण गर्ने ल्याकत नै नभएका व्यक्तिहरु पद ओगटेर मात्र बस्ने परिपाटीले पनि असर गरेको छ। र अर्को कुरा चलचित्र क्षेत्र उद्योगको रुपमा लिन यसमा ठुला कर्पोरेट हाउसहरु जोडिनु पर्यो हिजोका दिनमा ठूला ठूला उद्योगीहरुले चलचित्र सिनेमामा हात नहालेको होइन तर प्राय ती चलचित्रहरुको लगानी सुरक्षित गर्न नसकेपछि उद्योगपति र कर्पोरेट हाउसलाइ यस क्षेत्रले आकर्षित गर्न सकेन फलस्वरुप गएगुज्रेको अवस्था छ।

अहिले नेपाली चलचित्र कस्तो बनीरहेका छन?
र कस्तो हुनुपर्छ?

अहिले नयाँ मेकरहरु नै कन्फ्युजमा छन जस्तो देखिन्छ। उनीहरु नयाँ चलचित्र बनाउन डराउछन। त्यसैले गर्दा फरक फरक धारका चलचित्र बनाउन सकीरहेका छैनन। क्रमश:…

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *