Home  
Janahit Voice

सिन्धुली कारागारमा १ कैदी बन्दीको मृत्यु

३० कार्तिक २०८०, बिहीबार

सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापा छन्।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका अनुसार हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल आज बिहान ३ बजे बेहोस अवस्थामा फेला परेका थिए।

उनलाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए। उनको मृत्युको कारण खुलेको छैन। कारागारमा झगडा भएको भन्ने रिपोर्ट पनि नआएको र बुधबार उनी सकुशल नै सुतेको प्रहरीको भनाइ रहेको छ।

विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।पोष्टमर्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *