Home  
Janahit Voice

जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु,१७ घाइते

३० कार्तिक २०८०, बिहीबार

काठमाडौं- जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ भने १७ जना घाइते भएका छन् ।

बुधबार किस्तवाडबाट जम्मु जाँदै गरेको बस डोडा जिल्लाको अस्सार क्षेत्रमा सडकबाट ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो।

बिबिसीका अनुसार दुर्घटनामा परी चालकसहित ३९ जनाको मृत्यु भएको हो।

घुम्ति सडक र तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएर बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *