Home  
Janahit Voice

आफ्नो ज्यान फिट राख्न चाहनु हुन्छ ? मुला खानुस्

५ मंसिर २०८०, मंगलवार

काठमाडौँ- आफ्नो ज्यान फिट राख्न, स्वस्थ्यबद्र्धक तौल कायम राख्न र यावत् स्वास्थ्य समस्या टार्न खानेकुरा उत्तिकै महत्त्वपूर्ण छन् ।

मुला गुणैगुणले भरिपूर्ण खानेकुरा हो । दैनिक भोजनमा यसलाई समावेश गर्दा अनेकौँ फाइदा मिल्दछ । तौल घटाउन चाहनेका लागि त यो झन् उपयोगी छ । तर हामीमध्ये धेरैलाई मुला मनै पर्दैन । अधिकांशले मुला तौल घटाउन सहयोगी छ भन्ने कुरालाई नै बेवास्ता गरिरहेका छौँ । जान्नुहोस मुला खानुका फ़ाइदाहरु

मुलामा क्यालोरीको मात्रा निकै कम हुन्छ । एक कप काटेको मुलामा जम्मा १९ क्यालोरी पाइन्छ । त्यसैले यसको सेवनले तौल बढ्दैन । एक कप मुलामा शून्य दशमलव ८ ग्राम प्रोटिन, ४ ग्राम कार्बोहाइड्रेट्स र शून्य दशमलव १ ग्राम मात्रै फ्याट पाइन्छ । मुलामा भिटामिन सी, बीसिक्स, फेलेट, पोटासियम र म्याग्निज पाइन्छ । मुलामा हाइपरटेन्सेभि गुण पाइन्छ । जसले उच्च रक्तचापलाई जसले उच्च रक्तचापलाई नियन्त्रित राख्छ ।

मुलामा पानी र फाइबर टन्नै मात्रामा पाइन्छ । यसमा फ्याट र क्यालोरी निकै कम हुन्छ । प्राकृतिक रुपमा मुला तौल घटाउन उपर्युक्त खानेकुरा हो ।

दैनिक आहारमा मुलालाई समावेश गर्दा स्वास्थ्यमा अनेकौँ खालका फाइदा हुन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुने भएकोले यसलाई खाँदा बजन बढ्दैनन् ।

मुलामा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । यसले रगतमा इन्सुलिनलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । यसको सेवनबाट सुगर लेभल बढ्दैन ।

सधैँ चिसो र रुघाखोकी लागिरहन्छ भने तपाईँले आफ्नो भोजनमा मुलालाई समावेश गर्न जरुरी छ । यसमा एन्टि–कन्जेष्टिभ गुण पाइन्छ । जसले घाँटी र श्वासनलीमा रहेको कफ हटाउन मद्दत गर्छ । यसमा डायट्री फाइबर पनि उच्च मात्रामा हुन्छ । जसले पाचनमा सुधार ल्याउन मद्दत गर्छ ।

अनि तपाईँको पेट छिटै भरिएको महसुस हुन्छ । जसले गर्दा तपाई धेरै खानबाट बच्नु हुन्छ । मुलामा क्याल्सियम पाइन्छ । जसको सेवनले हड्डी बलियो हुन्छ । तपाईँले दिनहुँ रुपमा खाने अस्वस्थकर स्न्याक्सको ठाउँमा सलाद वा सुपको रुपमा मुलाको सेवन गर्न थाल्नुस् । तपाईँको तौल घटाउन मद्दत गर्नेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *