Home  
Janahit Voice

सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ को मृत्यु,एक घाइते

७ मंसिर २०८०, बिहीबार

जनकपुरधाम- सिरहामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको भएको छ भने एकजना गम्भिर घाइते छन् ।

हुलाकी राजमार्ग अन्तर्गत सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा बुधबार साँझ सवा ७ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेका छन। दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी प्रादेशीक अस्पताल पुर्‍याउँदा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएकोछ।

दुर्घटनामा अर्नामा गाउँपालिका-५ कै १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन्। प्रादेशिक अस्पताल सिरहामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि गएराति नै विराटनगर रिफर गरिएको प्रहरीले बताएको छ।

मोटरसाइकल तीव्र गतिमा रहेको र दुबै मोटरसाइकल चालकले हेलमेट नलगाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *