Home  
Janahit Voice

प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दुई वर्ष कैद

८ मंसिर २०८०, शुक्रबार

काठमाण्डौं- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर भएका छन् ।बिहीबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई दुई वर्ष कैद सजाय सुनाएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले सो फैसला गरेको हो। चलाउनेमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा २० असोज २०७७ मा आक्रमण भएको थियो ।

कांग्रेसनिकट विद्यार्थी नेताहरू योगेन्द्र रावल, हरि आचार्यलगायतले योजनाबद्ध आक्रमण गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा सातजनाविरुद्ध मुद्दा परेको थियो।

प्रतिवादीमध्ये दीपक ओझालाई अदालतले सफाइ दिएको छ। साथै, उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत अदालतले भनेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *