Home  
Janahit Voice

नजरबन्द भएका दुर्गा प्रसाईले गरे निवासमै पत्रकार सम्मेलन

८ मंसिर २०८०, शुक्रबार

काठमाडौं- मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपछि उनले निवसमै पत्रकार सम्मेलन गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंले निवासमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राखिरहेका छन् ।

प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नहुने बताएका छन् । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म आम नागरिकको लागि आन्दोलन जारी राख्ने उनको भनाई छ ।

राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं यतिबेला भक्तपुरस्थित उनको घरमा पत्रकारसँग कुराकानी गरिरहेका छन्। जहाँ ठूलो संख्यामा प्रहरी उपस्थित छ। घरबाट बाहिर निस्किएर उनलाई गिरफ्तार गर्ने तयारीमा सरकार लागिपरेको छ।

प्रसाईं अभियानले आज तीनकुनेमा भेला भई विरोध कार्यक्रम गर्ने घोषणा गरे ता पनि काठमाडौं सिडिओ कार्यालयले त्यहाँ सभाका लागि अनुमति नदिएको जनाएको छ ।

तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक केहीलाई प्रहरी पक्राउसमेत गरेको छ । प्रहरीले ‘शंकास्पद’ लागेका व्यक्तिहरूलाई मात्रै नियन्त्रणमा लिइएको बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *