Home  
Janahit Voice

डा.केसीले गरे मन्त्री बस्नेतको बर्खास्तीको माग

१० मंसिर २०८०, आईतवार

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । आज एक विज्ञप्ति जारी गरी डा.केसीले मन्त्री बस्नेतको बर्खास्तीको माग गरेका हुन् ।

डा.केसीले बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हाले देखिनै माफियाको पक्षमा लबिङ गरिरहेको आरोप लगाएका छन् । ‘माफियाहरूका नाइके स्वास्थ्य मन्त्री बस्नेत पदमा रही रहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप हो’ केसीले विज्ञप्तिमा भनेका छन् ।‘स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग स्वास्थ्य सम्बन्धी न ज्ञान छ न अनुभव । न उनी जान्ने प्रयास नै गर्छन् ।

ठुला मुखे गैर जिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दै छन्, यो राजनीतिक तथा सामाजिक अपराध हो’ डा.केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव नै नभएको बताउँदै उनले त्यो क्षेत्रका बारेमा जान्ने प्रयास समेत नगरेको बताएका छन् ।

स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूले पेट काटेर तिरेको करबाट तलब–भत्ता खाने र सुविधा उपभोग गर्ने स्वास्थ्य मन्त्रीले उनीहरूको भोको पेटमा लात्ती हानी रहेको केसीको आरोप छ । विज्ञप्तिमा २०८० सम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठानको निर्माण गरी सञ्चालनमा ल्याइसक्नुपर्ने काम रोकिएको आरोप समेत लगाइएको छ ।

सरकारी प्रादेशिक अस्पतालहरूमा नर्सिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न मापदण्ड पूरा भए पनि मन्त्री र माफियाहरूलाई फाइदा नभएकाले वास्ता नगरेको डा.केसीको आरोप छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *