Home  
Janahit Voice

माधव नेपाल: हालको सत्ता गठवन्धन पाँच वर्ष टिक्ने दाबी

२२ चैत्र २०७९, बुधबार

 

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले हालको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दावी गरेका छन। बुधबार काठमाण्डौँमा आयोजित एक अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले भने: तपाइहरु विश्वाश गर्नुस यो गठबन्धन पाँच वर्ष कायम रहन्छ। कसैकसैले यसलाइ पद बाँडफाँड त कसैले लुट अभियान चलाउन यी पार्टीहरु मिलेका हुन देशको बिकास गर्न हैन भनेका छन यो चुनौति हामीमाथि छ।

नेपालले संविधानको रक्षागर्न सत्ता गठबन्धनको पहिलो कर्तब्य रहेको भन्दै संविधानको रक्षा गर्दै सुशासन, शान्ति र सम्मृद्दिका पक्षमा काम गर्न सक्नुपर्ने वताएका छन। सरकारले जनपक्षीय काम गर्न सके र जनताका पीरमार्कालाइ सम्बोधन गर्न सके गठबन्धन माथिका आशंका हटेर जाने बताए।

अहिले देशको अर्थतन्त्रमात्र नभएर विश्वनै संकटमा परेको अवस्था छ। यसलाइ कसरी संकटमुक्त गर्ने त्यसका लागि हामीले कस्ता नीति अवलम्बन गर्ने त्यसमा चिन्तन मनन गर्नुपर्छ। अर्थतन्त्रको सुधारका लागि आफूहरुले प्रधानमन्त्रीलाइ ध्यानाकर्षण गराएको वताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *