Home  
Janahit Voice

आजको माैसम पूर्वानुमान

११ मंसिर २०८०, सोमबार

काठमाण्डौं- जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भू-भागमा वर्षा र उच्च हिमाली तथा पहाडी भू-भागमा हिमपातको सम्भावना रहेको छ ।

बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । केही भागमा वर्षा पनि हुन सक्नेछ ।

बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने बताउँदै विभागले कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । दैनिकरुपमा चिसाे बढेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुराेध गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *