Home  
Janahit Voice

यस्तो छ आजको मौसम पूर्वानुमान

१२ मंसिर २०८०, मंगलवार

काठमाण्डौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको छ।

अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बदलीका कारण बिहान चिसो बढेको छ। दिउँसोबाट बादल हटेर घाम लाग्ने महाशाखाले जनाएको छ।

कोशी प्रदेशमा दिउँसोभरि नै बदलीको अवस्था रहने छ। मधेस प्रदेशमा दिउँसोबाट सुधारको अवस्था रहने छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको बदलीको अवस्था दिउँसोबाट सुधार हुने सम्भावना रहेको छ।

काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा चिसो बढे पनि पानी पर्ने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ।‘कोशी, कर्णाली, सुदूरपश्चिमका पहाडी भेग हिमाली भूभागमा हिमापातको सम्भावना भने देखिएको महाशाखाले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *