Home  
Janahit Voice

हालसम्मकै उच्च सुनको मूल्य

१२ मंसिर २०८०, मंगलवार

काठमाण्डौं- अन्तराश्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै स्थानिय बजारमा पनि त्यसको प्रभाब परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेर आज प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० कायम भएको छ ।

सोमबार छापावाला सुनको मुल्य प्रतितोला एकलाख १७ हजार ४ सय र तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो।

यसैगरी, आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *