Home  
Janahit Voice

आज प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन यूएई जाँदै

१३ मंसिर २०८०, बुधबार

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुने युएईको दुबई जादै छन। प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबैका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र्संघीय संरचना महासंन्धि ( युएनफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन (कोप २८) यही मंसिर १४ गते देखि २६ गते सम्म युएइको दुबैमा हुदै छ।

१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ ।

सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुन लागेको हो।प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन् ।

प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार : जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्म्लनका क्रममा प्रधानमन्त्री प्रचण्ड्ले द्दीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन। युएइ भ्रमणका क्रममा त्यहा रेहेको नेपाली दुतबासमा जाने र नेपाली समुदायका साथै नेपाली समुदायका साथै नेपाल युएइ व्यवसायी सम्मेलनलाइ सम्बोधन समेत गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री डिसेम्बर ३ मा स्वदेश फर्कने कार्यक्रम छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *